बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसिसी प्रिमियर कप : नेपालले आज ओमानको सामना गर्दै

शुक्रबार, बैशाख ८ २०८०

काठमाडौं । नेपालले शुक्रबार एसिसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दै छ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो।

ओमानविरुद्ध मैदान उत्रिएसँगै नेपालले आफ्नो ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल पूरा गर्ने छ। खेल बिहान ९ बजे टियु मैदानमा सुरु हुने छ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो ।

आज दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् । यस समूहमा अर्को टोली साउदी अरेबिया छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

घरेलु मैदानमा जारी सिरिजमा नेपाल समूह चरणमा ओमान, कतार, मलेसिया र साउदीसँग प्रतिस्पर्धा गर्ने छ। नेपालको समूहमा ओमान र नेपाल सेमिफाइनलका मुख्य दाबेदार हुन। समूह बीमा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

प्रतियोगिताको उपाधि जित्ने टिमले एसियाकप खेल्ने छ। एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुने छन्। समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।