अरुणराज सुमार्गी, विगत तीन दशक देखी नेपालको व्यवसाय क्षेत्रमा क्रियाशिल छन् भने लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध छन् । जेसिसको राष्ट्रिय उपाध्यक्षसम्मको नेतृत्व समालेका सुमार्गी नेपाल उद्योग वाणीज्य संघ मकवानपुरको जिल्ला अध्यक्ष, नेपाल उद्योग वाणीज्य महासंघको मध्यमाञ्चल अध्यक्ष हुदै नेपाल उद्योग वाणीज्य महासंघको केन्दीय सदस्यको जिम्मेवारी सम्हाली सकेका छन् । २९ चैतमा हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ साधारण सभाको जिल्ला नगर उपाध्यक्ष पदको दाबी गर्दै आएका अरुणराज सुमार्गीसँग निर्वाचनकै सेरोफेरोमा केन्द्रित भई रमेश सापकोटासँग गरेको संवादको संक्षिप्त अंशः
महासंघको ५७ अधिवेशनको समय नजिकिँदै छ, तपाई जिल्ला नगर उपाध्यक्ष पदको आकांक्षी भई अगाडि आउनु भएको छ । महासंघमा आवद्ध व्यवसायीले तपाईलाई मतदान गर्नुपर्ने कारण के छ ?
– सबैभन्दा पहिला गर्नु पर्ने काम नै बैंक व्याजदर हो । नेपालका सम्पूर्ण उद्योगी-व्यवसायीहरु बैंकको चक्रवर्ती ब्याजका कारण पीडामा परेका छन् । हामी निर्वाचित भएलगतै यहीँ चैत मसान्तसम्ममा व्याजदरलाई एकल अंकमा ल्याउने कार्यलाई पहिलो प्राथमिकता राखी अगाडि बदछौँ । दोस्रो जिल्लाको आजको आवश्यकता भनेको व्यवसायिक मुद्दाहरु सँगसँगै ‘पोर्टफोलियो’ पनि हो । त्यसैले जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षको पोर्टफोलियो निर्वाचित सांसदभन्दा एक तह मुनिको हुनुपर्ने मागलाई यथासिग्र कार्यान्वयनमा लैजान पहल गर्दै सम्वन्धित निकाएको ध्यानाकर्षण गराउछौँ । नेपालमा धेरै ठुला कुरा गर्न पर्दै न साना मझौला व्यवसायीलाई स्थापित गराउन सके, न्यून व्याजदरमा ल्याउन र त्यसको सरलिकर्ण गर्न सक्यो भने देशको अर्थतन्त्रले मुहार फेर्न सकिन्छ । निर्वाचन जित्नका लागी एजेण्डा बनाउनु एउटा कुरा होला तर निरन्तर काम गर्नु अर्को कुरा हो । मेरो मूल नारा नै ‘इजी टु कनेक्ट’ सहजै सम्पर्कमा रहने भएकाले भुइँ मान्छे भई व्यवसायीका वास्तविक मुद्दाको सुनवाई गर्नु हो ।हामीले राम्रो टिम तयार परेका छौँ । जसमा विगत ५० वर्षदेखीको व्यवसायी विरासत बोकेको र विग्रिदो व्यवसायिक वातावरणलाई समाल्ने उर्जाशिल र युवा टिम नेतृत्वका लागि तयार रहेकाले महासंघमा आवद्ध व्यवसायीहरुले हाम्रो टिमलाई अत्यधिक मत दिई निर्वाचित गराउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।
महासंघमा तपाईको पृष्ठभूमि हेर्दा लामो समय देखि विवादित, निष्क्रियसरह रहेको कृषि उद्यम केन्द्रलाई नेतृत्व गरि सफल आयाममा पुराउनु भयो, पुराना दिनहरुलाई फर्केर हेर्दा कस्ता चुनौतीहरुको सामना गर्नु पर्यो र आगामी दिनमा कस्ता-कस्ता चुनौती सामना गर्नु पर्ने देख्नु हुन्छ ?
– संस्थाको कमि कमजोरी भनेको के हुन्छ भनि नि जहाँ पैसा हुन्छ त्यहाँ अर्थिक वयवस्थापन ठिकसँग गर्न नसकेको हुनाले संस्था विवादमा पर्न सुरु हुन्छ । मैले कृषि उद्यम केन्द्रको नेतृत्व समले पश्चात् अर्थिक वयवस्थापनलाई चुनौतीका साथमा लिएर सदै त्यमा सजग बनि कार्य सम्पादन गरे र तयामा सफल सावित पनि भए । मेरो नेतृत्वमा कृषि उधम केन्द्रले सफलताका साथ सम्पन्न गरेका कामहरु सम्बन्धित निकायसँग नीतिगत पैरवी गर्नु, ग्रामीण उद्यम तथा विप्रेषण आयोजना, दिगो विकासका लागी व्यापार, नेपाल हब, USAID को Agriculture Transformation परियोजनामा प्रस्ताव पेस गर्न Heifer international सँग सम्झौता, थोक तथा खुद्रा बजार मुल्य विवरण आदि । कृषि उद्यम समितिले उद्योग वाणीज्य महासंघको NET २०३० लै आत्मसात गरेर हामीले सरकारसँग र दात्रु निकायहरुसँग समन्वय गरेर एउटा नयाँ गन्तव्य तयार गरेका छौं । जिल्ला र नगरमा पनि कसरी काम सिर्जना गर्न सकिन्छ भनेर त्यसमा सम्बन्धमा एउटा टुंगोमा पुगेका छौँ । भौतिक संरचना बनाएको भए यति अग्लो यति तल्ला बनाए भन्नी हुन्थियो यसमा गर्ने कार्य सामाजीक, आर्थिक र सरकार, दात्रु निकायसँग समन्वय गर्नी भएकाले यसमा हामी सदैव दत्तचित्त बनि कार्य सम्पादन गरेका छौँ ।
नेपालको सन्दर्भमा धन आर्जन गर्न, सफल व्यवसायी हुने हरेक व्यक्तिको इच्छा आकांक्षा हुन्छ तर सफल व्यवसायीलाई हेर्ने दृष्टिकोण भने विल्कुलै फरक रहेको पाईन्छ, आम मानिसमा यस प्रकारको बुझाई कसरी पर्न गएको होला ? र यसको समाधान के होला ?
– विश्वव्यापी रुमा यस प्रकारको अवस्था चाहिँ छैन । साउथ एसियामा आम मानिसमा यस प्रकारको बुझाई अलि बढी रहेको पाईन्छ । यसमा हाम्रो देशको अर्थतन्त्रमा आयामी परिवर्तन गर्न आवश्यक रहेको छ । ०४६ सालको आन्दोलन पश्चात् ०४८ सालमा आएको खुल्ला अर्थतन्त्रको अवधारणाले हामी ५०/५५ साल सम्म आई पुग्दा सोर्णिम काल खण्डमा प्रवेश गरिसकेका थियौं । त्यो फेज्मै अर्थतन्त्रमा सेक्टरहरुको विकास भयो । त्यस अवधिमा कुनै पनि अनुभवी मान्छेले उद्योग-व्यवसाय संचालन गर्न चाहेको अवस्थामा सरकारले बिना कुनै रोक तोक लाइसेन्स वितरण गर्ने गर्थियो । एअरलाइन्स सेक्टर हेर्नु, हस्पिटल सेक्टर, एजुकेशन सेक्टर यी सेक्टरहरु सेवा मुखी सेक्टर हुन यति कुनै व्यवसायीले गलत नै गरेर व्यवसाय स्थापना गरेपनि त्यो सेक्टरमा टिकी रहन असम्भव सरह नै रहेकाले आम मानिसमा यस प्रकारको बुझाई विल्कुलै गलत रहेको र यसलाई सुधार्नुपर्ने हुन्छ । र यसमा सुधार ल्याउन व्यवसायीको मात्र न भई सम्पूर्ण राज्य वासीको मुख्य भूमीका हुन्छ ।
तपाईले कुनै कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका जतिपनि राजनीतिक परिवर्तन भए त्यमा व्यवसायीको मुख्य भूमिका रहेको जिकिर गर्नु भएको थियो, नेपालको परिपेक्षमा कुनै राजनीतिक दलमा आवद्ध नभई व्यवसाय संचालन गर्न कतिको गारो छ ?
– नेपालको परिपेक्षमा कुनै राजनीतिक दलमा आवद्ध नभई व्यवसाय संचालन गर्न कत्ति पनि गारो छैन । नेपालमा हामी आफैले रोजेर ल्याएको संविधानमा मल्टी पार्टी सिस्टम भनेर आयो । मल्टी पार्टी सिस्टममा तपाई हामी जन्मदै धनी गरिव यो पार्टीको त्यो पार्टीको भनि जन्म्दैनौँ । सबै मानिसको उद्गम विन्दु एउटै हुनछ यसमा राजनीति र व्यवसाय पछि जोडिदै जाने कुरा हुन । कतिपाए अवस्थामा मानिस व्यवसायमा सफल भएपछि राजनीतिमा प्रवेश गर्छ भने कतिपाए यसको सामान्तर हुन जान्छ तर यसमा राजनीतिक आवद्धताका कारण नै भन्न उचित हुदैन । यति तपाईले कुनै नीतिगत रुपमा कुनै व्यवसाय गर्नु पर्यो र त्यसमा राजनीतिक, सामाजिक सपोर्ट आवश्यक पर्यो भने त्यो सँग तपाइँ जोडिन आवश्यक हुन्छ । राजीनिति पनि गर्ने व्यवसाय पनि गर्ने भन्यो भने त्यो व्यवसायी पक्षको कुरा होईन त्यस्तो अवस्था व्यवसाय सफल भन्दा पनि असफल हुने सम्भावना बढी रहन्छ ।