काठमाडौँ – चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठसहितको टिमले सशक्तरुपमा उठाउदैँ आई रहेको व्यवसायी पोर्टफोलियोको एजेण्डामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सकारात्मक रहेको र छिट्टै त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका छन् ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा लामो समय स्थानीय तहको निर्वाचन सम्पन्न नहुदा रहदै आई रहेको व्यवसायीहरुको पोर्टफोलियोलाई निरन्तरता दिने बताएका हुन्।
अञ्जन टिमबाट महासंघको जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमार्गीले जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको वरियताका विषयमा सुरुदेखी नै जोडजाडरुपमा उठाउदै आएका थिए ।
उनले २०५४ सालपछि स्थानीय चुनाव हुन नसकेर स्थानीय जनप्रतिनिधि नभएका बेला १९ वर्ष जिल्ला उद्योग वाणिज्य संघहरुले जिल्ला विकास समितिसँग मिलेर स्थानीय सरकारकै सरह काम गरेको र हाल जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षको पोर्टफोलियो वडा सदस्यको जत्ति पनि नभएको भन्दै निर्वाचित सांसदभन्दा एक तह मुनिको वरियतामा जिल्ला भरिका उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष हुनुपर्ने माग सशक्तरुपमा उठाउदैँ आई रहेको थिए। प्रधानमन्त्री उद्योगी व्यवसायीको वरियताका विषयमा सकारात्मक रहदा व्यवसायीहरुमा उत्साहित छाएको छ ।