१६ जेठ, काठमाडौं–अन्दाज गरौँ लोकमानले त्यतिबेर सुनकाण्डमा मुछिएको प्रमाणित भइसकेका बर्दीधारीहरूलाई नजोगाएको भए आज यति ठूलो काण्ड घट्थ्यो–घट्दैनथ्यो ? धेरै जनधनको क्षति हुन्थ्यो–हुन्थेन ? र यति ठूलो फौज (नेपाल प्रहरी)ले यस्तो साह्रो बद्नाम हुनुपर्थेन अनि तस्करीले यति डरलाग्दोसँग संस्थागत रुप लिन पाउँथ्यो कि पाउँथेन ?
तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अहिलेकै सुनकाण्डमा संलग्न व्यक्तिहरूलाई संरक्षण गरेको, उक्साएको प्रमाणहरू यथेस्ट भेटिएका छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
सिसिटिभीका फुजेट, साक्षी प्रमाणहरू र नाम लिँदै तस्करीको काम थालौँ भन्नेहरूको नाम नामेसी लहरो तान्दा पहरो गर्जिने शैलीमा जुटेको हो ।
कथाको शुरुवात हुन्छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएका एसपीबाट । ०७२ सालको माघ ११ गते राति ८ बजे फ्लाई दुबईको जहाजबाट उत्रिएका यात्रु कालो ज्याकेटमा छन् ।
अध्यागमन डेस्क पार गरी एसपी सोझै आएर उनलाई एयरकण्डिसनछेउको कुनामा लगी भेट्छन्, प्लाष्टिकको स्यान्ट्रो कारमा चढ्छन् र गौशालातिर हुइँकिन्छन् ।
उनलाई यसरी सिसिटिभीबाट निगरानी गर्ने असई हुन्, ध्रुब गिरी, उनले डिआइजी विजयलाल कायस्थलाई यसबारे रिपोर्ट गरेलगत्तै विजयलालले पनि तत्कालीन महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई इतिवृत्तान्त सुनाउँछन् ।