मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आज नेपाल र भियतनाम भिड्दै

शनिबार, चैत्र २५ २०७९

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपाल आज भियतनामसँग भिड्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाली टोली बलियो भियतनामलाई हराउँदै अघिल्लो चरण पुग्ने योजनामा छ ।

नेपालले छनोटको दोस्रो चरणमा स्थान बनाउन भियतनामलाई कम्तीमा ४ गोल हान्नुपर्नेछ।

दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५/१ गोल अन्तरले हराएको थियो ।