बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छताछुल्ल भयो भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठको भ्रष्टचार प्रकरण

मंगलबार, जेष्ठ १५ २०७५

काठमाडौँ जेठ, १५–
 भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले नीतिगत भ्रष्टाचार गरेका छन । बिपी राजमार्गमा गुड्ने सवारीको नयाँ मापदण्ड तोक्दै मालवाहक सवारी साधन १६.२ टनसम्मका र सार्वजनिक यातायात ४.२२५ मिटर लम्बाइ एवं ओभर ह्याङ अर्थात् पछाडिको चक्कापछिको भाग २.११३ मिटरसम्मका सवारी साधनलाई गुड्न दिने निर्णय गरेका छन । सोमबार मन्त्रालयले बिपी राजमार्गमा गुड्ने सवारीको मापदण्ड तोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । यो निर्णयसँगै महासेठले विभागका महानिर्देशकलाई किन हटाए भन्ने रहस्यको पर्दाफास भएको छ । मन्त्रीको यो निर्णमा ठूला गाडी बेच्ने सिप्रदी र अशोक लेलण्ड कम्पनीहरूको समेत स्वार्थ मिसिएको स्रोतले बताएको छ । जापान सरकारले प्रतिकिलोमिटर ११ देखि १९ करोड खर्चेर बनाइदिएको बाटोमा सवारी सञ्चालनका लागि जुन प्राविधिक मापदण्ड दिएको थियो मन्त्रीको निर्णयले उक्त मापदण्डलाई कुल्चिएको छ ।

सडकमा मापदण्डविपरितका गाडी गुडाउन दिनेगरी तत्कालीन मन्त्री रमेश लेखकले गरेको निर्णयका विषयलाई सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा महासेठले यसरी गलत निर्णय लिगेका छन । यस्ता सवारी बेलुकी ९ बजेदेखि बिहान पाँच बजेसम्म चल्न पाउने उहाँले बताए  । धुलिखेल–बर्दिबास मार्गमा यसअघि २०७३ असारदेखि सरकारले १८ सीटभन्दा बढीका सार्वजनिक यातायात र १० ग्रस यान्त्रिक क्षमताभन्दा बढीका मालवाहक सवारी प्रवेशमा रोक लगाइँदै आएको थियो ।

जापान सरकारले ठुल्ठूला सवारीसाधन सञ्चालन गर्न नभई कृषि क्षेत्रलाई प्राथमिकता दिएर सडक निर्माण गरेको हो । जापान सरकारले महँगो लागतमा रिटेनिङ वाल लगाएर जीओटेकी प्रविधिबाट निर्माण गरेको बीपी राजमार्गको नागबेली पर्यटकीय सडक पनि हो । राजमार्गको निर्माण सम्पन्नसँगै अत्यधिक सवारी चाप र समयमा सडक मर्मतलाई ध्याननदिँदा नेपालकै पर्यटकीय राजमार्गको रूपमा रहेको बीपी राजमार्ग कुरूपबन्दै गएको अवस्थामा मन्त्रीले गलत निर्णय लिएका छन ।

सवारी चाप र भारवहन क्षमता भन्दा बढीका गाडी चलाउन प्रशासनले कडाइ गरेपछि उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू मापदण्डविपरीत सवारी सञ्चालन सुचारु गर्नमन्त्रालयसम्मै पुगेर मन्त्रीलाई आग्रह गरेका थिए । मन्त्रीले व्यवसायीको प्रभावकै आधारमाकुनै सोच विचार नै नगरी निर्णय लिँदा विपि राजमार्ग संकटमा पर्ने भएको छ ।

बढी भार क्षमताका गाडीका कारण बीपी राजमार्गको भविष्य खतरामा पर्दै आएको छ । भारवहन क्षमताभन्दा बढीका मालवाहक तथा यात्रुवाहक सवारीकाकारण बिग्रँदै गएको राजमार्गमा स्थानीय प्रशासनले ३ दिनदेखि १० टन भन्दा बढी भार क्षमताका सवारी चलाउन रोक लगाएको थियो । पछिल्लो समय सुनकोसी आसपासमा क्रसर उद्योग खुल्ने क्रम बढेसँगै राजमार्गमा ट्रिपरसमेत बाक्लो गुड्न थालेका छन् । राजमार्गमा ठूला बस र ट्रकलाई नेपाल सरकारले अनुमति नदिए पनि क्रसर उद्योगका गिट्टी, बालुवा बोक्ने ट्रिफर खुलेआम चल्दै आएका थिए ।