मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

उद्योग वाणिज्य महासंघ निर्वाचन:

अन्जन श्रेष्ठ टिमको उम्मेदवारी दर्ता, को-को छन् श्रेष्ठको टिममा ?

मंगलबार, चैत्र २१ २०७९

काठमाडौँ – आगामी चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले सामुहिक उम्मेदवारी दर्ता गराएको छ। मंगलबार उद्योग वाणिज्य महासंघको केन्दीय कार्यालय टेकु पुगेर श्रेष्ठसहितको टिमले सामुहिक उम्मेदवारी दर्ता गरेको हो ।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन्।

एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्, जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन्।

उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन्।

आफ्नो टिमले सम्भावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे।