यही चैत्र २२ र २३ गते बृहत तालपोखरी जात्रा हुने भको छ । तालदेवी युवा क्लव पालुङटार –६ कालामाटाको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । २२ गते खुला भलिबल प्रतियोगिता सुरु भई २३ गते फिनाले हुनेछ । २३ गतेका दिन कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त चर्चित हाँस्य कलाकार सन्तोष थापा, लाइभ दोहोरी गायिका अस्मिता ठल्लाकोटी, कलाकारद्वय प्रदिप त्रिपाठी, गायक विमल मोक्तान, बालकलाकार निर्मल राना मगर, सुमि विक लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
यता बलिवल प्रतियोगीतामा प्रथम हुने टिमलाई रु ६० हजार रुपैयाँ, द्वितिय हुने टिमलाई रु ४० हजार रुपैयाँका साथमा ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरि खादा ओटाई फूलमाला अबिरले सम्मन गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडी एक जनालाई बेष्ट प्राईज प्रदान गरिने कार्यक्रम आयोजक कमिटिले बताएको छ । कार्यक्रम तालपोखरीको प्राङ्गडमा हुने छ ।