बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महन्थ ठाकुरको नाम सभामुखमा प्रस्ताव

आइतबार, जेष्ठ १३ २०७५

१३ जेठ, काठमाडौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ ।

यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो ।

नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुने प्रस्ताव गरेका छन् । आजको कारोबारले पृष्ठ २ मा यो समाचार छापेको छ । 

हाल कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ । 

यसले गर्दा केहीले यसमा हेरफेर हुनसक्ने देखेका छन् । केहीले भने पार्टीले नचाहे यसमा हेरफेर हुन नसक्ने बताएका छन् ।