बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

असार दोस्रो हप्तादेखि कलंकीको अन्डरपास ‘वे’ सञ्चालनमा हुने

शनिबार, जेष्ठ १२ २०७५

१२ जेठ, काठमाडौं–राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।

असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

चार लेन फराकिलो र ३८ मिटर लामो सो अन्डरपासको एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।