बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बिहिबार, चैत्र ९ २०७९

निजगढ नगरपालिका–१३ साँघुस्थित सडकमा ना.२३ प ६२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका बेसीगाँउ बस्ने १८ वर्षीय दिपक विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको एम्स हस्पिटल रतनपुरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।