काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.ले ग्लोबल मनी वीक २०२३ अन्र्तगत प्लान योर मनी प्लान्ट योर फ्युचर भन्ने उद्धेश्यका साथ यहि २०२३ मार्च २० देखि २६ सम्म सप्ताहव्यापीरुपमा मनाउने क्रममा जनक उच्च मा. वि. गैडाकोट नवलपरासी मा कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरु माझ गरी सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम “वित्तीय साक्षरता सबैमा सचेतना” भन्ने उद्धेश्यका साथ युवावर्गहरुलाई बैकिङ्ग प्रणालीको बारेमा जानकारी गराएको थियो । ग्लोबल मनी वीक कहिलेबाट के का लागि र यो किन आवश्यक रहेका छ अबको आर्थिक कारोबार भनेको डिजिटल बैकिङ्गको हो, जुनसुकै कारोबार पनि बैक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, कर्जा लिइ त्यसको सदुपयोग गर्नुपर्ने, आजको बचत भोलिको भविश्य हुने बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले जानकारी गराएका थिए ।