मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

राहुल गांधीलाई अदालतले सुनायो २ बर्षकाे जेल सजाय

बिहिबार, चैत्र ९ २०७९

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो । चुनावी सभामा उनले नीरव मोदी, ललित मोदी, नरेन्द्र मोदीको थर किन सामान्य छ ? सबै चोरको थर किन मोदी ? भनेका थिए । राहुलको यो भनाइलाई लिएर भाजपा विधायक तथा पूर्व मन्त्री पूर्णेश मोदीले उनीविरुद्ध आपराधिक मानहानीको मुद्दा दायर गरेका थिए ।
राहुलको यो भनाइलाई मोदी समुदायको अपमान भएको भन्दै भाजपा विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । सो फैसला आउँदा राहुल अदालतमा उपस्थित थिए । गुजरात कांग्रेसका थुप्रै नेताहरू उनीसँग थिए । बाहिर समर्थकहरूले उनको पक्षमा नारा लगाइरहेका थिए ।

उनले पुनरावेदन गर्न सक्नेछन् ।