सुर्खेत । दैलेखमा मालबाहक मिनि ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको मालबाहक मिनि ट्रक आज बिहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।
दुर्घटनमा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए ।
सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ।