काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमलाई सन्दीप लामिछानेले एलबीडब्लू आउट गरेका छन् ।
उनी ६३ रन बनाएर आउट भए । आफ्नो चौथो ओभरको दोस्रो बलमा आक्रामक ब्याटिङ गरेका वसिमलाई लामिछानेले एलबीडब्लू आउट गरेका हुन् ।
१८ औं ओभर खेलिरहेको युएईले २ विकेटको क्षतिमा १०४ रन बनाएकाे छ ।
यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए ।
स्पिनर राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरेका थिए ।
त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।