बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

टस जितेर युएईले नेपाललाई दियो बलिङको निम्तो

बिहिबार, चैत्र २ २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।

खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । युएई विरूद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै छनोट हुनेछ।

पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाएयता नेपालका लागि यो सबैभन्दा ठूलो सफलतासमेत हुनेछ। एक महिना अगाडिसम्म एकदिवसीय अन्तर्राष्ट्रियु राष्ट्रको मान्यता जोगाउनसमेत मुस्किल रहेको नेपाल शीर्ष तीनमा रहेर टेष्ट राष्ट्र सम्मिलित विश्वकप क्वालिफायरमा छनोट हुन एक कदम पछि छ।

कुल ७ टिम सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा छ। ३५ खेल खेलेको नेपालले १८ मा जित र १५ मा हारसहित ३८ अंक जोडेको छ। नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। यदि नेपाल विजयी भएमा ४० अंक हुनेछ। तर कुनै कारण खेल नतिजाविहीन हुँदै अंक बाँड्नुपर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।

वर्षा वा कुनै कारण खेलको नतिजा नआए पनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपालले गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ। त्यसैले नामिबियालाई उछिनेर तेस्रो स्थानमा उक्लँदै ग्लोबल छनोटमा प्रवेश पाउन नेपाललाई युएईविरूद्ध निश्चित जित आवश्यक पर्नेछ।

नेपालको टोली

रोहित पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी