काठमाडौं – बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ भाटभटेनीस्थित सडकमा बा.५ ख ७१६६ नम्बरको हाईसमा भे.१२ प ७५५३ नम्बरको स्कुटर ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक कोहलपुर नगरपालिका–१४ बस्ने ४१ वर्षीय रामगोपाल गडरियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दियाको बाँसगढी नगरपालिका–५ केदारेश्वरधामस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले भे.६ प ९०१५ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक बाँके कोहलपुर नगरपालिका–१ बस्ने ३५ वर्षीय केशब धितालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।