मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

९५ औं ओस्कार अवार्ड : ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित, अरू कसले के जिते ?

सोमबार, फाल्गुन २९ २०७९

काठमाडौं । यसवर्षको ९५ औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ ।

समारोहमा फिल्म एभ्रीथिङ एभ्ररीह्वेर अल एट वन्सले बेस्ट पिक्चरको अवार्ड जितेको छ । यो फिल्म ११ विधामा मनोनित थियो । ती मध्ये ७ विधामा यो फिल्मले अवार्ड जितेको छ ।

यो फिल्मले एक चिनियाँ–अमेरिकी लाउन्ड्री ब्यवसायको मालिकले उसको लेखापरीक्षकसँग गर्ने संघर्षको कथावस्तु पेश गर्छ । यो विजय इन्डी स्टुडियो ए-ट्वान्टी फोरको लागि ऐतिहासिक विजय हो, जसले फिल्मको कमाइलाई १०० मिलियन डलरसम्म पुर्‍यायो । आर्टहाउस फिल्मको बजार खुम्चिएको बेला यो आश्चर्यजनक उपलब्धी हो ।

९५ औं संस्करणको ओस्कार अवार्ड्समा भारतले अवार्ड जित्न सफल भएको छ । अमेरिकामा जारी ओस्कार अवार्ड समारोहमा दक्षिण भारतीय फिल्म आरआरआरको नाटू नाटू गीतले बेस्ट ओरिजिनल सङको अवार्ड जितेर इतिहास रचेको छ ।

समारोहमा भारतकी सर्ट डकुमेन्ट्री फिल्म ‘द एलिफेन्ट ह्विस्पर्स’ ले पनि अवार्ड जितेको छ । निर्माता गुनीत मोंगाको यो फिल्मले सफलता हासिल गरेको हो ।

हलिउड अभिनेत्री मिशेल योहले बेस्ट एक्ट्रेसको अवार्ड जितेकी छिन् ।

अरू कसले के जिते ?

सर्वश्रेष्ठ फिल्म – एभ्रिथिङ एभरिवेयर अल एट वन्स
सर्वश्रेष्ठ अभिनेत्री – मिसेल योह (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)
सर्वश्रेष्ठ अभिनेता – ब्रेन्डन फ्रेजर (द व्हेल)
सर्वश्रेष्ठ निर्देशक – ड्यानियल क्वान, ड्यानियल शिनर्ट (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)
सर्वश्रेष्ठ सम्पादन – पल रोजर्स (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)
सर्वश्रेष्ठ मौलिक गीत – नाटू नाटू (आरआरआर)
सर्वश्रेष्ठ ध्वनी – टपगन माभेरिक
सर्वश्रेष्ठ एडप्टेड स्क्रिनप्ले – वुमन टकिङ (सारा पोली)
सर्वश्रेष्ठ मौलिक पटकथा – ड्यानियल क्वान र ड्यानियल स्किनर्ट (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)

सर्वश्रेष्ठ भिजुअल इफेक्ट – अवतार द वे अफ वाटर
सर्वश्रेष्ठ ओरजिनल स्कोर – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ प्रोडक्सन डिजाइन – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट फिल्म – द एलिफेन्ट विह्स्पर्स
सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट ९जर्मनी०
सर्वश्रेष्ठ कस्ट्युम डिजाइन – ब्ल्याक प्यान्थर वाकाण्डा फरेभर
सर्वश्रेष्ठ मेकअप एण्ड हेयरस्टाइलिङ – द ह्वेल
सर्वश्रेष्ठ डकुमेन्ट्री फिचर फिल्म – नाभाल्नी

सर्वश्रेष्ठ सहायक अभिनेत्री – के ह्यु क्वान (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)
सर्वश्रेष्ठ एनिमेटेड फिचर फिल्म – गुइलेमो डेल टोराको पिनोचियो

समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले नाटू नाटू गीतमा लाइभ प्रस्तुति दिएकी थिइन् ।