काठमाडौं । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर कुटुम्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारीमा महिलाको भूमिका’ बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाण्डौँ बचत तथा ऋण सहकारी संघ लि. (कास्कुन) की उपाध्यक्ष तथा महिला प्रयास साकोसकी अध्यक्ष बिनिता अधिकारीले सो विषयमा प्रशिक्षण प्रदान गरेकी थिइन् । उनले महिलाहरुले सहकारीमा आवद्ध भएर वित्तीय पहुँच बढाउनु, सीप सिक्नुका साथै नेतृत्व विकास समेत गर्न सक्ने हुनसक्ने बताइन् ।
कार्यक्रममा संस्थाका अध्यक्षले सुदीप कुमार खनालले शुभकामना व्यक्त गर्दै प्रशिक्षणबाट प्राप्त ज्ञानलाई आफ्नो जीवन , समुदाय र सदस्यहरुको हितमा लागु गर्न अनुरोध गर्दै महिला सदस्यहरुको सशक्तिकरणमा संस्थाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संस्थाकी लेखा सुपरिवेक्षण समिति सदस्य रिना खड्काले कुटुम्ब साकोसमा आवद्ध तथा प्रशिक्षणमा सहभागी महिला सदस्यहरुको लागि उक्त प्रशिक्षण प्रभावकारी हुने धारणा व्यक्त गरिन्। आगामी दिनमा समेत यस्ता संस्थाले यस्ता कार्यक्रमलाई निरन्तता दिँदै जाने अपेक्षा सहभागीहरुले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता संस्थाकी महिला सशक्तिकरण उपसमितिका संयोजक यशोदा पौडेलले र सञ्चालन सदस्य पवित्रा गौतमले गरेका थिए ।