बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

आइतबार, फाल्गुन २८ २०७९

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको हो ।

नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए ।

यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले  ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।