काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएई विरूद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।
नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएकोछ ।
यसअघि आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको थियाे ।
गत फागुन १८ गते भएको प्रतिस्पर्धामा नेपालले युएईलाई ७ रनले पराजित गर्दै विश्वकपमा आफनो स्थान पक्का गरेका थियो । सोही टोलीसँग आज नेपालले पुन प्रतिस्पर्धा गर्दैछ ।