बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विश्वकप लिग–२ : आज नेपाल र युएईबीच प्रतिस्पर्धा

आइतबार, फाल्गुन २८ २०७९

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदान, किर्तिपुरमा विहान ९:३० बजे देखि सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको थियो । गत फागुन १८ गते भएको प्रतिस्पर्धामा नेपालले युएईलाई ७ रनले पराजित गर्दै विश्वकपमा आफनो स्थान पक्का गरेका थियो । सोही टोलीसँग आज नेपालले पुन प्रतिस्पर्धा गर्दैछ ।

१९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १० विकेट गुमाएर १८४ रनमा सीमित भएपछि नेपालले ७ रनले विजयी भएको थियो । आज पुनः नेपालले युएइसँग खेल्न लागेको हो ।