बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता, गठबन्धनबाट दुई जनाको उम्मेदवारी

शनिबार, फाल्गुन २७ २०७९

काठमाडौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि बानेश्वर पुगेका थिए । एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।
यस्तै सत्ता गठबन्धनले जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।

यसरी नै सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरु संयुक्तरुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा नेताहरु रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।