मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आगलागी भएको श्री एअरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

बिहिबार, फाल्गुन २५ २०७९

काठमाडौं । श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

काठमाडौंबाट भैरहवा लागि उडेको सो बिमानका इन्जिनमा आगो लागेको देखिए पछि फर्काएर सुरक्षित रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराईएको हो ।

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो आगलागी पछि त्रिभुवन विमानस्थलमा हाल सुरक्षित अवतरण गरिसकिएको छ ।

जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन् ।