गल्याङ नगरपालिका–११ सिखरडाँडा बस्ने २० वर्षीय विष्णु भट्टराईको सोही नगरपालिका–११ तुल्सीभन्ज्याङस्थित आँधी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।