काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ ।
दोस्रो चरणको लिग अन्तर्गत आज दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः३० चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन् । यी दुवै नव प्रवेशी क्लब हुन् । पहिलो खेलमा चर्चले नेपाल पुलिस क्लवलाई हराएको थियो ।
खुमलटार पनि दोस्रो जितको खोजिमा रहेको छ । खुमलटारले पहिलो खेलमा फ्रेण्ड्स क्लवलाई हराएको थियो ।
यस्तै च्यासल मैदानमा फ्रेण्ड्स क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।