मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आज तराई-मधेशमा होली पर्व मनाइँदै

मंगलबार, फाल्गुन २३ २०७९

काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ।

मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाईदैछ ।

पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ  भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहदैँ आएको छ।

तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहदैँ आएको छ ।