मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

होली पर्वले सबैको जिन्दगी रङ्गीन बनोस् : अध्यक्ष ओली

सोमबार, फाल्गुन २२ २०७९

काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागु पुर्णिमाको अवसरमा शुभकामना ब्यक्त गरेका छन्।

रङ्गहरुको पावन पर्व फागु पूर्णिमा (होली) को अवसरमा अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यत्त गरेका छन् ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व फागुन पूर्णिमाका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका हुन् ।

रङ्गहरुको पावन पर्व फागु पूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना उनले भनेका छन् । साथै अध्यक्ष ओलीले भनेका छन् सबैको जिन्दगी रङ्गीन बनोस् !