काठमाडौं । युएईमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवान्युगिनीसँग खेल्दैछ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र पीएजीबीचको खेल नेपाली समयअनुसार बिहान पौने १२ मा शुरु हुनेछ ।
यसअघि सोमवारको खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो ।
बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा छ ।
नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ ।