बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम गरिदिने वरिष्ठ अधिवक्ता अनुसन्धानमा तानिदै

सोमबार, बैशाख ३१ २०७५

३१ वैशाख, काठमाडौं–चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्कामाथि कारबाही भइरहेका बेला नेपाल बार काउन्सिलबाट एक वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिदै छन् ।

सो मुद्धाको विषयमा वरिष्ठ अधिवक्ता लुमबहादुर कार्की सो मुद्दामा तानिएका हुन् । अन्य दुई अधिवक्ताका नाममा समेत उजुरी परेको र अनुसन्धान भइरहेको आजकोनागरिक दैनिकमा यो खबर छ । 

जिन्दगीभर साथ दिन्छु भनेर बिहे गरेका पतिले पेन्सनपट्टा बनाउने क्रममा सौता ल्याएपछि तिनैलाई सजाय दिलाउन र छोराछोरीको प्राण धान्न कानूनी उपाय खोज्दा बागजुङकी नीरमाया पुनलाई नचिनेका व्यक्ति लोग्ने कायम गरिदिएपछि न्यायाधीश र कानून व्यवसायी अनुसन्धानको घेरामा परेका हुन् ।