काठमाडौं वैशाख, २४–
नेपाल राष्ट्र बैंक, संचालक समितिका सदस्य रामजी रेग्मीबाट काठमाण्डौं महानगरपालिका, वडा नं. १६, कालधारा चोक, लिड्ढरोड, नयाँबजार शाखाको एक कार्यक्रमका बीच वैशाख २४ गते विधिवत उद्घाटन गरे ।
उक्त शाखाको विधिवत उद्घाटन गर्दै प्रमुख अतिथी रामजी रेग्मीले एनसीसी बैंकले यस क्षेत्रमा शाखा खोलेर यस क्षेत्रको उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको भने । साथै बैंकको समग्र अवस्था बारे जानकारी गराउँदै नेपाल राष्ट्र बैंकको नीति निर्देशन पालना गरी अगाडि बढन सुझाव दिए ।
उक्त अवसरमा वडा नं. १६ का वडाध्यक्ष श्री मुकुन्द रिजालले यस क्षेत्रमा अन्य बैंकहरु पनि रहेकोले उक्त बैंकहरुसंग प्रतिष्पर्धी रुपमा एनसीसी बैंकले उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै वडासंग समन्वय गरी समग्र वडावासीको मन जित्ने गरी कार्य गर्न आफुले सहयोग गर्ने वताउदै शुभकामना व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्यालले आमन्त्रित सबैलाई स्वागत गर्दै अन्य स्थानमा जस्तै यस क्षेत्रमा पनि बैंकले गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा आश्वस्त हुन सबैलाई अनुरोध गरे ।
एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले कार्यक्रमको अध्यक्षता गर्दै बैंकले मर्जर पश्चातका विभिन्न कुरा व्यवस्थापन गरी शाखा विस्तारमा लागेको र यस शाखाबाट पनि आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न व्यवस्थापन सक्षम रहेकोले आफु आश्वस्त रहेको भने ।