काठमाडौं वैशाख, २३–
हुन्डी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । शुक्रबार प्रहरीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई नगद १० लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिइएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मुख्य कारोबारी रमेश सिबाकोटी रहेको र ३३ लाख लाख रुपैयाँसम्म कारोबार भएको खुलेको प्रहरीले जनाएको छ । अहिले उप्रेतीमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।