काठमाडौं वैशाख, २३ –
नयाँ शक्ति पार्टी नेपालले पार्टी एकिकरणका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । नयाँ शक्तिले विज्ञप्ति मार्फत मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने आफ्नो पार्टीको घोषित नीति रहेको बताएको हो ।
पछिल्लो पटक सार्वजनिक सञ्चारमाध्यामहरुमा नयाँ शक्ति, संघीय समाजवादी फोरम र माओवादी केन्द्रवीच वार्ता भएका समाचार आईरहेका बेला नयाँ शक्तिले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
नयाँ शक्तिका प्रवत्तmाद्धय डम्बर खतिवडा र प्रशान्त सिंहले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं ।’
केही दिनयता राजनीतिक वृत्त र विभिन्न सञ्चार माध्यममा आएका पार्टीहरुको एकता, ध्रुविकरण र कार्यगत एकता सम्बन्धी समाचार आएका छन् । यही विषयमा वैशाख २१÷२२ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकका निणय भन्दै विज्ञप्ती जारी गरिएको छ ।