काठमाडौं चैत, १६–
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीमा रहेको अपोलो अस्पतालमा उपचार गराईरहेका नेता खड्काको निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट मार्फत जानकारी गराएका हुन् ।
नेता खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।
गत फागुन पहिलो साता मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि नयाँ दिल्ली लगिएको थियो । खड्काको स्वास्थ्य स्थिति गम्भिर भएपछि नेपाली कांग्रेसले मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई उनको स्वास्थ्य अवस्था बुझ्न भारत पठाएको थियो ।