भक्तपुर चैत, ९–
घुस लिँदालिँदै भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा कमल भुजेल पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट १० हजार रूपैयाँ घुस लिदै गर्दा उनलाई पक्राउ गरेको हो ।
चाँगुनारायण नगरपालिका–८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।
आयोगले जनाए अनुसार उनलार्इ कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो । भुजेलका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।