बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनता बैंकद्वारा नयाँ निक्षेप योजना सुरु

बुधबार, चैत्र ७ २०७४

काठमाडौं चैत,  ७–
जनता बैंकले नयाँ निक्षेप योजना सुरु गरेको छ । बैंकले नयाँ निक्षेप खाता ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको हो ।
सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्यले बैंकले आकर्षक बीमा सुविधा सहितको उक्त निक्षेप योजना सञ्चालन गरेको जानकारी दिएको छ । बैकका अनुसार यो निक्षेप योजना आज बुुधबारबाट लागुु गरिएको हो ।
योजना अन्र्तगत न्यूनतम १० हजार रुपैयाँमा खाता खोल्न सकिने, बार्षिक सात प्रतिसतका दरमा त्रैमासिकरुपमा व्याज भुक्तानी गरिने, बचतकर्ताहरुलाई १० लाख रुपैयाँसम्मको दुुर्घटना बीमा, बचतकर्ता बिरामी भई अस्पताल भर्ना हनु पर्दा एक लाख सम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा पाँच हजार रुपैयाँ सम्मको उपचार खर्चको बीमा गरिएको, बचतकर्तालाई लकर सुविधामावार्षिक ५० प्रतिशत छुट दिइएको र अन्य खातामा जस्तै एटिएम, एविबिएस, इन्टरनेट बैंक, मोवाईल बैंकिङ, सि आस्वा लगायतका सुबिधा समेत उपलब्ध गराएको छ ।
सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयबाट जनता सुरक्षा खाता खोली यो योजनामा सहभागी हुन  सक्ने बैैकले जानकारी दिएको छ ।  यसको लागि ग्राहकले खाता खोल्द ाभर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ । बैंकका अनुसार यो बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा सञ्चालनमा ल्याइएको हो । योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुको साथै स्वास्थ्य सेबामा हुने आकासिदो खर्चबाट राहत पाउनेछन् भन्ने बैंकले अपेक्षा लिएको छ । बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, तीन वटा सीमित बैंकिङ्ग ईकाइ, तीन एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।