काठमाडौं चैत, ४–
लगानीकर्ताहरुको लागि नेप्से साताको पहिलो कारोबार दिन नै नकारात्मक देखिएको छ । आर्ईतबार नेप्से नौ दशमलव चार अंकले घटेर १२ सय ७८ दशमलव ९६ अंकमा पुुग्दा लगानीकर्र्ताहरु निरास भएका छन् । सेन्सिटिभ पनि एक दशमलव ९१ अंकले घटेर दुुई सय ७२ दसमलव ४७ अंकमा पुुगेको छ । आज कुुल ५२ वटा कम्पनीहरुको तीन हजार आठ सय पाँच वटा कम्पनीहरुको कारोवारमा आठ लाख ३३ हजार नौ सय ८६ कित्ता सेयर खरिद बिक्री भएको छ भने कारोबार रकम ३० करोड चार लाख ७९ हजार सात रुपैयाँ पुुगेको छ ।
आज नौ वटा समुहको कारोवार भएकोमा सबै सुचक घटेर नेप्से पुरै रातो भएको छ । वाणिज्य बैक समुहको सुचक छ दशमलव ५५ अंकले घटेर ११ सय ३६ दशमलव ६० अंकमा पुुगेको छ भने १२ करोड १२ लाख ८० हजार रुपैयाँको किनबेच भएको छ । बिकास बैक समुहको सुचक ११ दशमलव ९२ अंकले घटेर १४ सय ९५ दशमलव १३ अंकमा पुुगेको छ भने ९८ लाख ७३ हजार सात सय ९० रुपैयाँको किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि ३३ दशमलव १३ अंकले घटेर १५ सय ३३ दशमलव ५६ अंकमा कायम रहेको छ भने दुुई करोड सात लाख नौ हजार दुुई सय रुपैयाँको सेयर कारोवार भएको छ । फाईनान्स समुहको सुचक दुुई दशमलव ११ अंकले घटेर छ सय ६४ दशमलव ६८ अंकमा कायम रहेकोमा ३३ लाख ८५ हजार एक सय ५० रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बीमा समुहको सुचक ५२ दसमलव चार अंकले घटेर छ हजार एक सय ९४ दशमलव ३६ अंकमा कायम रहेको छ भने छ करोड ४१ लाख ४३ हजार एक सय रुपैयाँको सेयर कारोबार भएको छ ।
आज उत्पादनमुुलक, अन्य, होटल र लघुुबित्त समुहको सुचक पनि घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ छया्ङदी हाईड्रो पावर कम्पनी १५६ ४
२ स्वदेशी लघुुबित्त संस्था ४७० ३.८३
३ युुनाईटेड इन्स्योरेन्स कम्पनी ८९५ ३.३५
४ बेष्ट फाईनान्स १२६ ३.२८
५ एभरेष्ट इन्स्योरेन्स कम्पनी १२९९ २.९३
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ अपी पावर कम्पनी ३०६ १०
२ कालिका माईक्रो क्रेडिट बैंक ११३० ५.३०
३ सोल्टी होटल लिमिटेड २४४ ४.६८
४ लक्ष्मी लघुबित्त संस्था १०१० ४.५८
५ शुुर्या लाईफ इन्स्योरेन्स ७१० ४.१८