बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंबाट अर्घाखाँची जादै गरेको बस त्रिशुलीमा खस्यो, ६ जनाको ज्यान गयो

बुधबार, मंसिर १३ २०७४

काठमाडौं मंसिर, १३–
 काठमाडौंबाट अर्घाखाँची जादै गरेको  यात्रुवाहक बस त्रिशुली नदिमा खसेको छ । बुधबार बिहान ९ः१५ बजे  चितवनको फिस्लिङमा उक्त बस  दुर्घटना हुँदा ६ जनाको ज्यान मृत्यु भएको छ । 

लु २ख २९१ नम्बरको बस दुर्घटना हुदा  मृत्यु भएका कसैको पनि   पनि सनाखत हुन सकेको छैन । बस त्रिशुलीमा पूर्ण रुपमा डुबेको छ । त्रिशुलीमा डुबेको बसबाट अहिलेसम्म १५ घाइतेको उद्धार गरिएको छ । 

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनास्थलमा अहिे नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा उद्धारको लागि खटिएका छन् । अहिले घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको  छ । 
प्रहरीले बस पूर्ण रुपमा नदिमा डुबेकाले उद्धारमा समस्या परेको जनाएको छ ।