मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भारतबाट बढेर आयो ग्यासको मूल्य

बिहिबार, फाल्गुन १८ २०७९

काठमाडौँ : भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३ सय ३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ सूची पठाएको हो ।

नयाँ सूचीअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ । 

भारतबाट ग्यासको मूल्य बढेर आएपनि पेट्रोल र डिजेलको मूल्य भने सामान्य घटेर आएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ तथा डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा घटेर आएको छ ।