मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रतिनिधिसभाको बैठक स्थगित

बुधबार, फाल्गुन १७ २०७९

काठमाडौं  । आज बोलाईएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ ।
 
सभामुख देवराज घिमिरेले आगामी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । 

‘मिति २०७९ फागुन १७गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्युले बैठक मिति २०७९ चैत ५ गते आइतवार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरुलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ ।

स्रोतका अनुसार संसद दुई ठूला दल कांग्रेस र एमालेले आजको बैठकमा प्रतिपक्षको कुर्सीमा बस्ने बताएपछि त्यसको व्यवस्थापनका लागि बैठक स्थगित गरिएको हो । कांग्रेस सरकारमा गइनसकेको र एमाले सरकारबाट बाहिरिएको अवस्थामा दुवै पार्टीले प्रतिपक्षमा बस्ने बताएका थिए । ‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्षिप्त प्रतिक्रिया दिदै भनेका थिए । उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न बाध्यकारी थियो ।