बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्रपतिमा रामचन्द्रलाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

मंगलबार, फाल्गुन १६ २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेलका लागि एमालेअध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै भोट मागेका छन् ।

देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका थिए ।

कांग्रेस सभापति देउवाले २५ फागुनमा हुने राष्ट्रपति चुनावमा पौडेललाई समर्थन गर्न आग्रह गर्दै एमाले अध्यक्ष राष्ट्रपति चुनावमा एमालेले पनि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । एमाले अध्यक्ष ओलीले यसअघि नै कांग्रेसबाहेकका सबै दललाई नेम्वाङका पक्षमा मतदान गर्न अपिल गर्दै पत्र पठाएका थिए । 

सभापति देउवाले एमाले अध्यक्षलाई पत्र पठाएकोबारे जानकारी दिँदै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहेको बताएका छन् ।