बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राजेन्द्र लिङदेनको अनुभव : कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेका रहेछन्

सोमबार, फाल्गुन १५ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा छोटो अवधि रहँदा आफूले भोगेको अनुभव शेयर गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले आफ्नो उक्त अनुभव शेयर गरेका हुन् ।

उनले कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको बताएका छन् । अनुभव बारे चार बुँदामा उनले देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको समेत उल्लेख गरेका छन् । साथै नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेको अनुभव शेयर गर्दै उनले देश बनाउन नसकिने र नबन्ने होइन बनाउन सकिन्छ र बन्छ भनेका छन् ।

राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।