बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पल शाह थुनामुक्त, कारागारबाहिर समर्थकको भीड

सोमबार, फाल्गुन १५ २०७९

काठमाडौं  । एक बर्ष देखी तनहुँ कारागारमा रहेका कलाकार पल शाहले थुनामुक्त भएका छन् ।
 
जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटेका हुन् ।

उच्त अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परिक्षण गरी तनहुँ जिल्ला अदालतबाट छुटेका हुन् ।  पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको थियो । उनीहरूले पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरेका थिए ।
 जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए ।
 
यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाई सकेका छन । नावालिग माथी बलात्कार गरेको आरोपमा उनी गत बर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाह माथी झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिन् ।

तस्वीर : हेमराज थापाको फेसबुकबाट