काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आठदलीय नयाँ गठबन्धनप्रति व्यङ्य गरेका छन् । र उनले भागबन्डाका लागि गरिएको सहमतिप्रति पनि टिप्पणी गरेका छन् ।
भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा प्रधानमन्त्रीमा छुट्याएको समयावधीप्रति पनि व्यंग्य गरेका छन् ।
‘दलीय भागबन्डा गर्दा १० सीटवाला पार्टीलाई ६६ दिन पर्दोरहेछ १ त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त रु’, बाबुरामले लेखेका छन् ।
उनले प्रतिनिधिसभाका सबै सदस्यलाई ५ वर्षको कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदाको हिसाबसमेत पेस गरेका छन् ।
उनले लेखेका छन् –
२७५ जना प्रतिनिधिसभा सदस्यलाई पॉच बर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रम बनाउॅदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ । दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ१ त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थीरता हैन ?