काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै
बैठक पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा बस्नेछ ।
बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्नेछ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन र चितवन-२ मा हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।
साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि निर्णय गर्ने बताइएको छ ।
स्वतन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन। कसलाई मतदान गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
गत पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएको रास्वपा फागुन २२ गते सरकारबाट बाहिरिएकाे थियाे ।