मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ  

शुक्रबार, फाल्गुन १२ २०७९

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।