मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहिबार, फाल्गुन ११ २०७९

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।