सुर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान कन्चडमा गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र बिक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।
दार्चुलाको अपी नगरपालिका-६ घर भएका २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।