मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

जर्बजस्ती करणीको आरोप लागेपछि वडा अध्यक्ष टापकसे

बुधबार, फाल्गुन १० २०७९

दार्चुला  । जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलका एकजना वडा अध्यक्ष फरार भएका छन ।

जबरजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन् ।

फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राति घरमा गएर जबरजस्ती गरेको भन्दै गत शुक्रबार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका  हुन । 

 फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।