मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेपाली सेनाको चिफ सम्मेलन सम्पन्न

सोमबार, फाल्गुन ८ २०७९

काठमाडौँ – नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सवका अवसरमा आयोजित सेना दिवस २०७९मा सहभागी हुन आएका भारतीय सेनाका पूर्व सेनाध्यक्षहरु र उनीहरुका समकक्षी नेपालका पूर्व प्रधान सेनापतिहरुको सहभागितामा प्रधान सेनापति महारथी प्रभुराम शर्माको समुपस्थितिमा आईतबार चिफ सम्मेलन–२०७९ आयोजना भएको छ ।

जंगी अड्डा मा आयोजित सो कार्यक्रममा सहभागिहरु बीच आपसी हितका विविध विषयहरुमा छलफल भएको छ ।

यसअघि आईतबार नैं नेपाल भ्रमणमा रहेका भारतका पूर्व सेनाध्यक्षहरुले जोमसोमस्थित मुक्तिनाथ मन्दिरको दर्शन तथा पुजापाठ गरेको नेपाली सेनाले जानकारी दिएको छ ।